कस्तो छ आजको मौसम ?

-


     मर्दी न्युज    
     १० साउन २०७७ मा प्रकाशित


पोखरा, १० साउन । जल तथा मौसम विज्ञान विभागले मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ । आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना भएका क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने तथा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम

साउन १० गते (शनिबार)

देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

 साउन ११ गते (आइतबार)

देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

साउन १२ गते (सोमबार)

देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन / चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।