पहिरोले गोर्खाको नौली खोला थुनियो, लापुबेसी जोखिममा

-


     मर्दी न्युज    
     श्रावण १० गते २०७७ मा प्रकाशित


तस्विरः दरौंदी डट कम

गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ ।

शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको स्थानीय तथा शिक्षक बिरवल गुरुङले बताए । खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको उनले बताए । रातभरी वर्षात भईरहेकाले खोला बढेको छ भने पहिरो खस्ने क्रम रोकिएको छैन । पानीको बाहाव बढ्दै जाँदा स्थानीय त्रसित छन् ।

सो क्षेत्रमा सेना र प्रहरीको टोली खटाइ सकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । त्यहाँको अवस्था हेरेर कसरी खोल्न सकिन्छ त्यहीअनुसार अघि बढ्छौ उनले बताए ।



Tags: