
पोखरा, ११ साउन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अध्यावधिक विवरण अनुसार आज आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा पोखरा महानगरपालिकाका २४ वर्षीय पुरुष र नवलपुर गैंडाकोट नगरपालिकाका ४० वर्षीया महिला र २४ वर्षीय पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ७५ पुगेको छ ।
यसैगरी प्रदेशमा आज ४९ जना कोरोना संक्रमणबाट मुक्ति भई डिस्चार्ज भएको छ । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ११ सय ९४ पुगेको निर्देशनालयले जनाएको छ ।
