पोखरा, १२ साउन । पोखरा महानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अध्यावधिक विवरणअनुसार पोखराका ३० वर्षीया महिला र २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ७७ पुगेको छ । यसैगरी प्रदेशमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १२ सय नाघेको छ । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या एक हजार दुई सय १ पुगेको छ ।
कोरोना पुष्टि भएकोमा मनिपाल अस्पतालका डाक्टर
पोखरा फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको हो । अस्पतालमा MD 1st Yr पढ्दै गरेका उनी मेडिकल वार्डमा कार्यरत रहेको बुझिएको छ ।
सोमबार पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २९ वर्षीय पुरुष मनिपालका डाक्टर रहेको स्रोतले जनाएको छ । सामान्य ज्वरो देखिएपछि उनलाई पीसीआर परिक्षणका लागि आइतबार स्वाब लिइएको थियो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा कोरोना पोजिटिभ देखियो ।