बागलुङको निसीखोलामा र तमान खोलामा पहिरो, तीनको मृत्यु

-


     मर्दी न्युज    
     १३ साउन २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

बागलुङ, १३ साउन । अवी।ल वर्षापछि बागलुङमा सोमबार राती बाढी र पहिरोमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर बिक र १२ वर्षीया छोरी रिता बिकको मृत्यु भएको हो । दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।

त्यस्तै निसीखोला गाउँपालिका–१ का कमल परियारको घर पहिरोले पुरेको छ । पहिरोमा परि उनका अन्दाजी ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । छोरी र श्रीमतीले भागेर ज्यान बचाएका छन् ।



Tags: