गरिमा विकास बैंकद्वारा हायर पर्चेज कर्जाका ऋणीलाई असार महिनाको व्याज छुट

-


     मर्दी न्युज    
     १७ असार २०७७ मा प्रकाशित


पोखरा, १७ असार । गरिमा विकास बैकले यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रकालाई असार महिनाको व्याज रकम राहतस्वरुप पुरै छुट दिने भएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण देशव्यापी बन्दाबन्दीको अवस्थामा कालो नम्बर प्लेट र पर्यटक बोक्ने सवारी साधन व्यवसायी प्रभावित भएकोले व्याजमा छुट गरेको बैंकले जनाएको छ ।

बैकमा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन धितो राखी ऋण लिएका यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही (ऋणी)लाई बुधवार विज्ञप्तिमार्फत बैंकले छुट दिएको जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम वैशाख र जेठ महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुट बाहेक २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिएका छन् ।

सेवाग्राहीलाई २०७७ आषाढ मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन आग्रह गरेका छन् ।

‘विकास बैंकले कोभिड–१९ को महामारी तथा देशव्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधरण यात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदको लागि ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गर्नुहुने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको छु’ विज्ञप्तिमा उल्लेख छ ।