नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री बढुवा भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् ।
३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।