पोखरा, २४ असार । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा १३ जना नयाँ संक्रमित फेला परेका हुन् ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिकाका १० जना रहेका छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यस्तै, कास्कीकै मादी गाउँपालिकामा पनि ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एक जना २८ वर्षीया महिला हुन् भने ३५ र ३७ वर्षका २ जना पुरुष हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सबैजना सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । बुधबार बिहानमात्रै गण्डकी प्रदेशका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु बागलुङ, तनहुँ र म्याग्दीका थिए १÷१ जना थिए ।