लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

-


     मर्दी न्युज    
     २६ असार २०७७ मा प्रकाशित


लमजुङ । बिहीबार रातिको भीषण वर्षापछि लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा गएको पहिरोले घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

स्थानिय दीपक तामाङको घर पहिरोले पुरिएको हो । पहिरोमा परि दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य घाइते भएका छन् ।

राति ११ बजे तिर माथिबाट आएको पहिरोले घर पुरिएको हो । उद्धारका लागि राति नै प्रहरी घटनास्थल पुगेको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।



Tags: