
काठमाडौं । भदौ १ गतेदेखि हवाई उडान खुलाइने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।
कोरोना भाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने आन्तरिक उडान १० गतेबाट बन्द गरिएको थियो ।

