धादिङको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित


धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोक गोलाङ खवासेमा गएको पहिरोमा परी घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै सोमबार राति आएको पहिरोले घर पुर्दा २६ वर्षिय सम्झना खाँण २८ वर्षिय मिलन खाँण र उनीहरुको दुई वर्षीया छोरी २ वर्षीया अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले घटना स्थलमा प्रहरी पुगि सकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।

आइतबारदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अबरुद्ध छ ।



Tags: