मध्यपहाडी लोकमार्ग ठुलो ढुङ्गा सडकमा खसेपछि अवरुद्ध

-


     मर्दी न्युज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित


पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्माबाट बागलुङ, म्याग्दी र मुस्ताङ जाने सडक सोमबार रातीदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार सडक अन्तर्गत कुस्मा नगरपालिका २ खुर्कोटमा पहिरोसँगै ठुलो ढुङ्गा खसेपछि सोमबार राती ११ बजेबाट सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि बागलुङ र म्याग्दीबाट पर्वत र पोखराका लागि छुटेका सवारी तथा पोखरा र पर्वतबाट बागलुङ र म्याग्दीका लागि हिँडेका सवारीहरू पहिरो गएको स्थानको दुबैतर्फ रोकिएर बसेका छन् ।



Tags: