यस्तो छ देशभरको सडकको अवस्था [विवरणसहित]

-


     मर्दी न्युज    
     ६ साउन २०७७ मा प्रकाशित


काठमाडौं, ६ साउन । आइतबारदेखिको अविरल वर्षापछिको बाढीपहिरोले मुलुकभरका अधिकांश सडक अवरूद्ध भएका छन् । सडक विभागका अनुसार देशभरका ३० वटा राजमार्गका ३३ वटा सडकखण्ड पहिरोले अवरूद्ध भएको जनाएको छ ।

पहिरोले अवरूद्ध भएका ३६ वटा सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् भने १३ वटा सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको सडक विभागको सम्भार महाशाखाले जनाएको छ ।

काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गको मौवाखोलाको पुल बाढीका कारण भत्किएपछि यातायात पूर्णरुपमा बन्द भएको छ। त्यसैगरी पृथ्वीराजमार्गकै विभिन्न सानो ठूलो पहिरोले विभिन्न खण्डमा सडक अबरुद्ध छ ।

सडको अवस्था विवरणसहित



Tags: