
चितवन, ७ साउन । भरतपुर महानगरपालिका वडा नं २९ स्थित मुग्लिङ नारायणगढ सडक खण्डको सत्र किलोनजिकै मंगलबार राति पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने नारायणगढ–मुग्लिन सडकमा पहिरोका कारण यातायता ठप्प भएको छ ।
यसअघि सोही सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घन्टापछि एकतर्फी सञ्चालनमा आएको थियो । ठूलो पहिरो खसेका कारण बुधबार दिनभर सडक ठप्प हुने सम्भावना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।