गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमितको पुष्टि

-


     मर्दी न्युज    
     ८ साउन २०७७ मा प्रकाशित


पोखरा, ८ साउन । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार तीन सय ५० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पर्वतका २ जना, स्याङ्जाका १ र कास्कीका २ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमा पर्वतका मोदी गाउँपालिका २५ वर्षीय पुरुष र ३१ वर्षीया महिला रहेका छन् । त्यस्तै पोखरा महानगरपालिकाका २५ र ३८ वर्षीय पुरुष र स्याङ्जा चापाकोट गाउँपालिकाका २८ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको निर्देशक शर्माले जनाए ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या एक हजार ९१ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना परिक्षणका लागि हिजो साउन ७ गतेसम्म आएका सबै संकलित नमुनाको परीक्षण भइसकेको निर्देशनालयले जनाएको छ ।



Tags: