
पोखरा, १७ साउन । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म ५ हजार ३ सय ३८ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ८२ हजार ४ सय ९० जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ९३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ४ सय ९२ रहेको प्रवक्ता डा गौतमले बताए ।