
सांकेतिक तस्विर
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ ।
निरन्तरको वर्षापछि माथिबाट आएको पहिरोले पुरिएर आठ जना बेपत्ता भएका हुन । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रहरी प्रमुख प्रज्ववल महर्जनले जानकारी दिए ।
पुरिएका मध्ये एक जना भारतीय र अन्य वीरगञ्जका रहेको उनले बताए । पहिरोबाट भारतिय नागरिक बारु साहको उद्दार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा वीरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदिप चौरसिया, १७ वर्षीय सोनाम लामा, २१ वर्षीय शिव बालक धामी, २० वर्षीय सिमन घलान, २५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मानबहादुर रुम्बा, र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेको महर्जनले बताए । बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबाट खोजिकार्य भइरहेको छ ।

