गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ साउन । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र नवलपुरमा संक्रमित थपिएका हुन् ।

कास्कीको पोखरा महानगरपालिका २ र ८ वडाका २० र ५१ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै स्याङ्जा गल्याङ नगरपालिका ३ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

यस्तै नवलपुर विनयत्रिवेणी गाउँपालिकाका ४४ वर्षीय पुरुष रहेको निर्देशनालयले बताएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १५७९ पुगेको छ । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । यस्तै प्रदेशमा कोरोना संक्रमण भई निको हुनेको संख्या १३ सय ८३ पुगेको निर्देशनालयले जनाएको छ ।



Tags: