
फाइल तस्विर
पोखरा, २७ साउन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलवार धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक(एक जना गरी ४ जना मृतक थपिएसँगै मृतकको संख्या ८३ पुगेको हो ।
मन्त्रालयका अनुसार धनुषा जिल्ला विधिह नगरपालिक ८ बस्ने ६० वर्षीय पुरुष हुन् । उनी साउन २६ गते प्रादेशिक अस्पताल जनकपरमा निधन भएको हो । त्यस्तै अर्का धनुषा जिल्ला मिथिलाविहारी नगरपालिका वडा ५ निवासी ५० वर्षीय एक पुरुष रहेका छन् । क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने उनको साउन २५ गते निधन भएको हो ।
काभ्रे जिल्ला पाँचखाल नगरपालिकाकी एक महिलाको पनि कोरोना संक्रमणबाट साउन २७ गते निधन भएको छ ।
साउन २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका सिन्धुपाल्चकका ८४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।

