पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमण, संक्रमितको संख्या २५ हजार नाघ्यो

-


     मर्दी न्युज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


पोखरा, ३० साउन । पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म ७ हजार ९ सय १३ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ४ लाख ९४ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी शुक्रवारसम्म क्वारेन्टाइनमा १४ हजार ६ सय ३८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २४० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ७७ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: