
पोखरा । सर्जक अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ गीत सार्वजनिक गरिएको छ । सुपर युनिक फिल्मस् ले गीतलाई अगाडि बढाउन आप्mनो युट्युब च्यानलमार्फत यो गीत बाहिर ल्याएको हो । ‘गुराँस झैं फुल्न मन लाग्छ’ शीर्षकको गीतमा बेलमाया गुरुङ र साजन गुरुङ लिडमा छन् । देविमाया गुरुङको स्वर तथा अर्जुन गुरुङको शब्द संगीत रहेको गीतमा कोरियोग्राफी आशिष गुरुङले गरेका छन् ।
गीतकार अर्जुन गुरुङले यसअघि पनि ‘नैनी ताल’, तपाइँ हाम्रो विश्वास, ‘नरुझ धेरै’, ‘अङ्गालोमा’ र ‘नक्कली’ शीर्षकको गीत बजारमा ल्याइसकेको छ ।
अदित्य गुरुङ र गंगा गुरुङको बाल कलाकारमा अभिनय रहेको उक्त गीतको छायाङ्कन टेकमान गुरुङको रहेको छ । राजबहादुर गुरुङ नृत्य निर्देशक रहेको गीतको निर्माता कुमारी गुरुङ हुन् । सुपर युनिक फिल्मसकाे ब्यानरमा निर्माण भएको गीतमा प्रेमबहादुर गुरुङको निर्देशन र सम्पादन छ ।

