
पोखरा, १० भदौ । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिउँसो १२ः५० बजे जारी गरेको विज्ञप्तिअनुसार पोखरा महानगरपालिका १७ का २८ वर्षे युवकसहित ६ जना संक्रमित थपिएका हुन् ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङको बागलुङ नगरपालिका ३ का २३ वर्षीया युवतीमा कोरोना पुष्टि भएको हो ।
यसैगरी र अन्य प्रदेशमा गरिएको परीक्षणमा गोरखाको गोरखा नगरपालिका ९ का २२ र ३५ वर्षीय पुरुष र नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका ४ का ५२ वर्षीया महिला देवचुली गाउँपालिका १० का २४ वर्षीया युवतीमा पनि कोरोना पुष्टि भएको हो ।
बाग्लुङका संक्रमित युवतीको मिति साउन ३२ मा प्रकाशित गरिएको प्रतिबेदनमा पुनः परीक्षणको समुहमा राखिएको र उनी जिल्लाकै आईसोलेसन केन्द्रमा सोहि मितिदेखि नै भर्ना भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ५२ पुगेको निर्देशनालयले जनाएको छ ।

