कोरोनाबाट थप ११ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १० गते २०७७ मा प्रकाशित


पोखरा, १० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ महिला र ९ पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया गरी २ महिला रहेको जानकारी दिए ।

त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बाराका दुई जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ ।

योसँगै मृतकको कुल संख्या १७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कुल कोरोना संक्रमितको ० दशमलव ५ प्रतिशतको मृत्यु भएको छ ।



Tags: