
सन थापा, जापान
अगष्ट २६ । जापानमा बुधबार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित संख्या ६४ हजार ८ सय ९७ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६५ हजार ६ सय १९ जना पुगेको छ ।
राति १० बजेसम्मको अपडेट अनुसार नारा, खागोसिमा, ओसाका,टोकियोमा दुई–दुई जना, खानागावा, फुकुओका, चिबा, ओकिनावा, ह्योगो प्रान्तमा एक–एक जना गरी १३ जनाको मृत्यु भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ । हालसम्म मृतकको संख्या १ हजार २ सय ३० र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार २ सय ४३ जना पुगेको छ ।
त्यसैगरी निको हुने संख्या ५१ हजार ६ सय ८८ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५१ गरी ५२ हजार ३ सय ४३ जना पुगेको छ भने २ सय ४६ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।
संक्रमित धेरै भएका ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या १९ हजार ८ सय ४६ जना, ओसाकामा ८ हजार १ सय ३९ जना, खानागावामा ४ हजार ६ सय जना, आईचीमा ४ हजार ३ सय ३२ जना, फुकुओकामा ४ हजार २ सय ८२ जना, साईतामामा ३ हजार ६ सय ७८ जना पुगेको छ । यी प्रान्तमा क्रमशः २ सय ३६ जना, १ सय १९ जना, ८५ जना, ५० जना, ६० जना र ५४ जना संक्रमित थपिए ।
त्यसैगरी चिबामा २ हजार ८ सय ६३ जना, ह्योगोमा २ हजार १ सय ८७ जना, ओकिनावामा १ हजार ९ सय ४३ जना, होक्काईदोमा १ हजार ९ सय ७७ जना र क्योतोमा १ हजार ३ सय ७४ जना पुगेको छ । चिबामा ४३ जना, ह्योगोमा २८ जना, होक्काईदोमा सात जना, ओकिनावामा ३४ र क्योतोमा ३१ जना संक्रमित थपिए ।

