झापामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र १० गते २०७७ मा प्रकाशित


झापा । जिल्लाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप हुँदा गोली चलेको छ । गोली लागेर एकजना स्थानीयको उपचारका क्रममा मृत्यु भएको छ । 

प्रदेश १ प्रहरी कार्यालयका एसएसपी दिपक पोखरेलका अनुसार दुई जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले बाटोमा रहेका प्रहरीमाथि आक्रमण गरेका थिए ।

प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

सोही क्रममा १० राउण्ड हवाई फायर भएको र एकजनालाई गोली लागेको एसएसपी पोखरेलले बताए । झडपमा केही स्थानीय र प्रहरी घाइते भएका छन् ।