
पोखरा, ११ भदौ । पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत कोभिड–१९ उपचार केन्द्र (पश्चिमाञ्चल अस्पताल) मा उपचारार्थ पोखरा महानगरपालिका वडा नम्बर ११ का ३२ वर्षीया महिलाको आज बिहीवार बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए ।
मृतक महिलाको गत भदौ ७ गते यस उपचार केन्द्रको आईसीयूमा भर्ना भएको थियो । कोरोना संक्रमण भई यस प्रतिष्ठानमा मृत्यु हुने निज महिला पाँचौ हुन् ।
यो संख्या संगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्य ९ पुगेको छ ।


