जापानमा थपिए ८६१ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र ११ गते २०७७ मा प्रकाशित


सन थापा, जापान
अगष्ट २७ । जापानमा बिहीबार ८ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जापानभित्र संक्रमित संख्या ६५ हजार ७ सय ६५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६६ हजार ४ सय ७७ जना पुगेको छ ।

राति १० बजेसम्मको अपडेट अनुसार ओसाका, आईची, निसिगावामा दुई–दुई जना, साईतामा, ह्योगो, ओकिनावा,यामानासी, ताकुसिमा प्रान्तमा एक–एक जना गरी ११ जनाको मृत्यु भएको सञ्चार माध्यम एनएचकेले जनाएको छ । हालसम्म मृतकको संख्या १ हजार २ सय ४१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार २ सय ५४ जना पुगेको छ ।

त्यसैगरी निको हुने संख्या ५२ हजार ८ सय २३ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका ६ सय ५९ गरी ५३ हजार ४ सय ८२ जना पुगेको छ भने २ सय ३८ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

१ हजार भन्दा धेरै संक्रमित भएका ११ प्रान्तहरू
टोकियोमा संक्रमित संख्या २० हजार ९६ जना, ओसाकामा ८ हजार २ सय ३३ जना, खानागावामा ४ हजार ६ सय ६६ जना, आईचीमा ४ हजार ३ सय ७१ जना, फुकुओकामा ४ हजार ३ सय ४६ जना, साईतामामा ३ हजार ७ सय ४७ जना पुगेको छ । यी प्रान्तमा क्रमशः २ सय ५० जना, ९४ जना, ६६ जना, ६४ जना, ३९ जना र ६९ जना संक्रमित थपिए ।

त्यसैगरी चिबामा २ हजार ९ सय आठ जना, ह्योगोमा २ हजार २ सय नौ जना, ओकिनावामा २ हजार १३ जना, होक्काईदोमा १ हजार ७ सय ४४ जना र क्योतोमा १ हजार ४ सय एक जना पुगेको छ । चिबामा ४५ जना, ह्योगोमा २२ जना, होक्काईदोमा आठ जना, ओकिनावामा ३६ र क्योतोमा २७ जना संक्रमित थपिए ।