अमेरिकामा समुद्री आँधी लराका कारण धनजनको क्षति

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


एजेन्सी । अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण धनजनको क्षति भएको छ । अमेरिकाको लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।

लरा नामक आँधीले पु¥याएको क्षति आकलन गर्ने काम भइरहेको समाचारमा बताइएको छ । करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको लरा नामक आँधीले निकै क्षति पु¥याएको छ । पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने लुइजियानाको एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ ।

तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने नआएको र आँधी पूर्वतिर लागेको समाचारमा उल्लेख छ । अहिले सो आँधी कमजोर बनेको बताइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछिल्लो अवस्थाबारे बताइएको छ भने उनले प्रभावित क्षेत्रको सप्ताहान्तमा भ्रमण गर्ने बताएका छन् । आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका निम्ति आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्ने सम्बोधन पछि सार्न खोजेको तर त्यसो गर्नु नपरेको उनले जनाएको छ । “हामीलाई अलिकति भाग्यले साथ दियो । आँधी निकै ठूलो थियो तर छिट्टै नै गइहाल्यो,“ उनले भने ।

लोरा तथा अघिल्लो आँधी मार्कोले क्यारिबियन क्षेत्रमा २४ जनाको ज्यान गएको थियो । अमेरिकामा आएको सबभन्दा शक्तिशाली समुद्री आँधी मध्येको एक मानिएको हरिकेन लोराले आफ्नो राज्यमा निकै क्षति भएको भएपनि पहिले आशङ्का गरिएजति नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन् । त्यहाँ रुख ढलेर लाग्दा चारजना मारिएको बताइएको छ ।

साथै लेक चार्ल्स नगरको बाहिरी भागमा रहेको एउटा रसायन कारखानामा आगलागी भएको छ । आगलागीपछि स्थानीय बासिन्दाहरूलाई झ्याल बन्द गरेर घरभित्रै बस्न भनिएको छ ।

छिमेकी टेक्सस राज्यका गभर्नर ग्रेग अबोटले पनि पूर्वानुमान गरिएभन्दा कम असर परेको बताए । आँधी आउनु अगाडि टेक्ससका करिब ४ लाख २० हजा। बासिन्दालाई घर छाड्न भनिएको थियो भने दक्षिण–पश्चिम लुइजियानामा थप २ लाख मानिसलाई सुरक्षित आश्रयस्थलमा जान भनिएको थियो ।

आश्रयस्थलमा कोभिड–१९ को सङ्क्रमणले थप जटिल बनाएको उल्लेख गरेको छ । टेक्ससको एक आश्रयस्थलमा गएका एरिक डवले रोयटर्सलाई भनेः “हामीलाई सामाजिक दूरी कायम गर्न भनिएको छ । तर आश्रयस्थलमा मैले कसरी सामाजिक दूरी कायम गर्ने?”