शनिवार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलपछि शनिबार बस्ने भनिएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।

अध्यक्षद्वयबीच भएको भेटले बैठक सार्ने निर्णय गरेको हो। स्रोतका अनुसार कोरोना महामारीको प्रकोप बढ्दै गएकाले बैठकको मिति सारिएको हो।

स्रोतका अनुसार सचिवालय सदस्यसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित बैठकमा सहभागीलाई कोरोना संक्रमण देखिएकाले सचिवालय बैठक स्थगित भएको हो । पोखरेल र थापा एक साता आइसोलेसनमा बस्ने भएका छन् ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल घरमै आइसोलेसनमा बसेका थिए ।

सचिवालय बैठकमा नेकपा कार्यदलले गत शनिबार बुझाएको प्रतिवेदनमाथि छलफल हुँदैछ।