गत २४ घण्टामा १२ जनाको संक्रमणबाट मृत्यु, मृतकको कुल संख्या १९५ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


पोखरा, १२ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यो संख्या एकैदिन मृत्यु हुनेमा हालसम्मकै सबैभन्दा धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुने महिलाहरुमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरका ६४ वर्षीया, मकवानपुरका ७१ वर्षीया गरी ४ महिला रहेको जानकारी दिए । त्यसैगरी उदयपुरका ५२ वर्षीय, पर्साको ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिराहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय गरी ८ जना पुरुषहरुको मृत्यु भएको छ ।

योसँगै मृतकको कुल संख्या १९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कुल कोरोना संक्रमितको ० दशमलव ५३ प्रतिशतको मृत्यु भएको छ ।



Tags: