लमजुङका २४, नवलपुर र कास्कीका गरी गण्डकी प्रदेशमा २९ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


पोखरा, १२ भदौ । लमजुङ जिल्लामा २० जना सुरक्षाकर्मी र एकजना थुनुवासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको चौथो र पाँचौं विज्ञप्तिअनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा बेशीसहरमा कार्यरत नेपाल प्रहरीका २० जना र एक जना थुनुवामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

यस्तै जिल्लाकै राइनास नगरपालिका ९ का एक २१ वर्षीया युवती, बेशीसहर नगरपालिका ८ का ४७ वर्षीया महिला र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए ।

त्यस्तै नवलपरासी (ब.सु.पू.) जिल्लाका देवचुली १ का ५४ वर्षीया महिला, कावासोती १६ का २४ वर्षीया युवतीसहित ७० वर्षीया महिला र मध्यविन्दु नगरपालिका १० का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

लमजुङ बेसीशहर ८ का ४७ वर्षीया महिला लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा कार्यरत कर्मचारी हुन भने नवलपुर देबचुली–१ का ५४ वर्षीया महिला स्वास्थ्यकर्मी भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पातालमा कार्यरत १ जना चिकित्सक रहेका छन् । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।



Tags: