जापानका प्रधानमन्त्री आवेको राजीनामापछि कसले के भने ?

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
अगष्ट २८

जापानका सत्तारूढ र विपक्षी दलका शीर्ष अधिकारीहरूले प्रधानमन्त्री आवेले राजीनामा दिएपछि विभिन्न टिप्पणी गरेका छन् ।

आबेको लिबरल डेमोक्र्याटिक पार्टीका नीति प्रमुख फुमियो किशिदाले प्रधानमन्त्रीको राजीनामाको तथ्यलाई पछि पुष्टि गर्ने बताए ।

एलडीपीको गठबन्धन साझेदार कोमेटोका नेता नाचुओ यामागुचीले अचानक राजीनामा आएकोले छक्क परेको बताए ।

संवैधानिक डेमोक्र्याटिक डाईट अफेयर्सका प्रमुख जुन अजुमीले प्रधानमन्त्रीको राजीनामाको प्रभाव असीमित रहेको भन्दै यसले जापानको राजनीतिक अवस्थालाई पूर्ण रूपले परिवर्तन गर्ने आकलन गरे । उनले राजीनामाले धेरै छक्क परेको र स्वास्थ्य रिपोर्ट पहिले सोचेको भन्दा खराब अवस्थामा हुन सक्ने बताए ।

त्यसैगरी जापान बिजनेस फेडरेशन (खेइदानरेन) अध्यक्ष हिरोआकी नाकानिसीले आवेको राजिनामाले छक्क परेको र दुस्खी बनाएको बताए । उनले एक विज्ञप्ति प्रकाशित गर्दै जापानले कोरोना संक्रमणको महामारी सामनाको समीक्षा गरी उर्जाशील नीति महत्वपूर्ण हुने भन्दै आगामी प्रधानमन्त्रीले यसलाई समेट्ने आशा व्यक्त गरे ।