
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाको रेकर्डअनुसार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ७७ हजार २६६ संक्रमित थपिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । यो एकैदिन थपिएको हालसम्मकै सर्वाधिक संख्या भएको भारतका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यससँगै भारतमा कुल संक्रमित संख्या ३३ लाख ८७ हजार ५०० पुगेको छ ।
भारतको सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र हो । महाराष्ट्रमा ७ लाख ३३ हजार ५६८ जना संक्रमितको पुष्टि भएको छ भने हालसम्म २३ हजार ४४४ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै दोस्रो प्रभावित राज्यमा तामिलनाडु छन् भने तेस्रोमा आन्ध्राप्रदेश छने । तालिम नाडुमा ४ लाख ३ हजार २४२ जनामा संक्रमण पुष्टि भइसेका छन् भने आन्ध्राप्रदेशमा ३ लाख ९३ हजार ९० जना संक्रमितको पुष्टि भइसकेको तथ्याङ्कमा उल्लेख छ ।
भारतमा शनिवार बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनको संख्या ६१ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । धेरै नागरिक गुमाउनेको सूचिमा भने भारत अमेरिका, ब्राजिल, मेक्सिको पछि चोथो स्थानमा रहेको छ ।