नवलपरासीमा थप २१ जनालाई कोरोना पुष्टि

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ भदौ । गण्डकी प्रदेशमा शनिवार थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू.) को विनयत्रिवेणी तथा गैडाकोटका २१ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये विनयत्रिवेणी वडा नम्बर ६ का ६ पुरुष तथा ५ महिला, वडा नम्बर ७ का २ महिला तथा ६ पुरुष रहेका छन् ।

त्यस्तै गैडाकोट नगरपालिका वडा नम्बर १ का १ जना पुरुष तथा वडा नम्बर ८ का २५ वर्षीय १ महिला रहेकी छिन् । गैंडाकोट नगरपालिकाका संक्रमितको परीक्षण चितवनको चितवन मेडिकल कलेजमा परीक्षण गरिएको हो । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ७७ पुगेको छ ।



Tags: