
पोखरा, १३ भदौ । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ निवासी ५८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट आज बिहान ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको उनको भाद्र ७ गते अपरेसन भएको थियो । प्रतिष्ठानमा उपचारकै क्रममा शंका लागेर स्वाब संकलन पश्चात परीक्षण गर्दा उनलाई भाद्र १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत कोभिड १९ उपचार केन्द्रको आइसियुमा उपचार भइरहेको थियो । कोरोना संक्रमणबाट प्रतिष्ठानमा मृत्यु हुनेमा उनी सातौं व्यक्ति हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मत्यु हुनेको कुल संख्या १२ पुगेको छ ।


