
पोखरा, १३ भदौ । पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज शनिवार संक्रमित हुनेहरुमा २४२ जना महिला र ६४२ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा ६ हजार ४ सय ४५ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार ५ सय ७८ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख ६९ हजार ६२६ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३१३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २० हजार ५ सय ५५ रहेको प्रवक्ता डा गौतमले बताए ।