नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय सात पुग्यो

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुईसय नाघेको छ । गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै २ सय ७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुने महिलाहरुमा पाल्पाका ३० वर्षीया, काठमाडौंका ५१ वर्षीया र भक्तपुरका ६२ वर्षीया गरी ३ महिला रहेको जानकारी दिए । त्यसैगरी पर्साका २९ र ४८ वर्षका २ जना, सिराहाका ८४ वर्षीय, गोरखाका ३८ वर्षीय, कास्कीका ५८ वर्षीय, काठमाडौंका ८३ वर्षीय, ललितपुरका ६१ र ७२ वर्षका २ जना र भक्तपुरका ८३ वर्षीय गरी ९ जना पुरुषहरुको मृत्यु भएको छ ।

योसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: