जापानमा ५६ हजार कोरोना संक्रमित निको भए

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।

अगष्ट २९ । जापानमा हालसम्म ५६ हजार कोरोना संक्रमित निको भएका छन् ।
जापानभित्र संक्रमित भएका ६७ हजार ४ सय ८८ मध्ये ५५ हजार ३ सय ४१ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजमा संक्रमित ७ सय १२ जना मध्ये ६ सय ५९ गरी सन्चो हुनेको संख्या जम्मा ५६ हजार जना पुगेको हो ।

त्यसैगरी शनिबार ८ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित संख्या ६७ हजार ४ सय ८८ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ६८ हजार २ सय जना पुगेको छ ।

राति १० बजेसम्मको अपडेट अनुसार फुकुओका र आईचीमा तीन–तीन जना, खानागावामा दुई जना, साईतामा, सिगा र गिफु प्रान्तमा एक–एक जना गरी ११ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म मृतकको संख्या १ हजार २ सय ७२ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ गरी १ हजार २ सय ८५ जना पुगेको छ भने २ सय ३० जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

कुन प्रान्तमा कति धेरै संक्रमित
टोकियोमा संक्रमित संख्या २० हजार ५ सय ६९ जना, ओसाकामा ८ हजार ४ सय २९ जना, खानागावामा ४ हजार ८ सय ४७ जना, आईचीमा ४ हजार ४ सय ६७ जना, फुकुओकामा ४ हजार ४ सय ८८ जना, साईतामामा ३ हजार ८ सय ५९ जना पुगेको छ । यी प्रान्तमा क्रमशः २ सय ४७ जना, ९० जना, १ सय छ जना, ४५ जना, ७६ जना र ५६ जना संक्रमित थपिए ।

त्यसैगरी चिबामा २ हजार ९ सय ८० जना, ह्योगोमा २ हजार २ सय ५५ जना, ओकिनावामा २ हजार ८४ जना, होक्काईदोमा १ हजार ७ सय ६९ जना र क्योतोमा १ हजार ४ सय ३९ जना पुगेको छ । चिबामा ३३ जना, ह्योगोमा २० जना, होक्काईदोमा नौ जना, ओकिनावामा ३१ र क्योतोमा १७ जना संक्रमित थपिए ।