पोखराका थप ३ सहित प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ भदौ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज आइतबार विहान एक विज्ञप्ति जारी गर्दै ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ७ का ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुष छन् भने ८ का ३८ वर्षीय पुरुष गरी ३ जना रहेका छन् ।

त्यस्तै भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कावासोती र मध्यविन्दुका १–१ जना महिलामा कोरोना भाइरस पुष्टि भएको छ ।

नवलपरासी (ब.सु.पू.) जिल्ला, मध्यबिन्दु–४ का कोरोना संक्रमित महिला स्वास्थ्यकर्मी हुन् भने उनी कलेज अफ मेडिकल साईन्समा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नवलपरासी (ब.सु.पू.) जिल्ला, बिनयत्रिबेणी–६ का ६२ वर्षीय पुरुषको हिजो शनिवार चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको निर्देशनालयले जनाएको छ ।