
धरान : कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित रेल्व चोकमा आमा-छोराको मृत्यु भएको छ । उनीहरूको आइतबार उपचारका क्रममा बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुनेमा ७४ वर्षीय आमा र ६० वर्षीय छोरा रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। मधुमेह र उच्च रक्तचापका बिरामी रहेका दुबैलाई शनिबार मात्र उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो ।
एक साता अगाडिबाट अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो । स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा आइतबार काेराेना पोजिटिभ देखिएको थियो । यसैगरी दश दिनअगाडिदेखि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ नै भर्ना गरिएका पुरुषमा समेत आइतबार नै कोरोना सङ्क्रमण पोजिटिभ देखिएको थियो । पुरुषलाई समेत परिवारले शनिबार नै बीपीमै भर्ना गरेका हुन् ।

