नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित


पोखरा, १८ भदौ । नवलपरासी (ब.सु.पू.)मा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहीवार बिहान जारी गरेको विज्ञप्तिअनुसार नवलपरासी (ब.सु.पू.)का गैंडाकोट, कावासोती र देवचुलीका गरी थप ३ जनामा कोरोना संक्रमण भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गैंडाकोट १३ का ३५ वर्षीय पुरुष, कावासोती ३ का ३९ वर्षीया महिला र देवचुली २ का ६६ वर्षीय पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशक शर्माले जनाए । योसहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ ।



Tags: