प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा

-


     मर्दी न्युज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित


काठमाडौं । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।