
सांकेतिक तस्विर
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङकोटमा पहिरोले ३ वटा घर पुरिँदा ६ जना वेपत्ता भएका छन् ।
अविरल वर्षासँगै खसेको पहिरोले दुई घर पुरिँदा बेलौजाका एकै परिवारका ५ सहित ६ जना वेपत्ता भएका हुन । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताए । उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।
यस्तै अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुङ्गडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान भने पहिरो खसेपछि भागेर ज्यान जोगाउन सफल भएको वडा अध्यक्ष सारुले जानकारी दिए ।
पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा उद्दारमा समस्या भएको वडाध्यक्ष सारुले बताए ।