
फाइल तस्विर
पोखरा, १६ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२० पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन् । मृतकमा महिलामा भक्तपुरका ५१ र ६१ वर्षीया, काठमाडौंका ६७ र सुर्खेतका ७५ वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ र ७० वर्षीय गरी दुई जना, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय र बाँकेका ५२ र ५९ वर्षीय दुई जना गरी ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

