गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

-


     मर्दी न्युज    
     असाेज १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ असोज । पोखराका १० जनासहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार बिहान जारी विज्ञप्तिअनुसार पोखराका १० सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी १७ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा कास्कीका १०, गोरखाका ५ र तनहुँका २ जना रहेका छन् । कास्की पोखरा महानगरपालिका–१७ का २४ र २३ बर्षका २ जना पुरुष स.प्र.मु.का (गण), पोखरामा कार्यरत नेपाल प्रहरी हुन् भने पोखरा महानगरपालिका–२४ र १३ का २ जना पुरुष, गोरखा जिल्ला, बारपाक सुलिकोटका दुबैजना र तनहुँ जिल्ला, भिमाद–२ का १ जना गरि ५ जना भारतबाट आएकाहरु हुन् । त्यस्तै गोरखा जिल्ला, आरुघाटका १ जना काठमाडौँबाट आएका व्यक्ति हुन् भने अन्य सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८ सय ३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।



Tags: