कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । देशभर आज थप ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२८ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र ६ जना पुरुष रहेका छन् । मृतकमा महिलामा सुनसरीका २८ वर्षीया र चितवनका ७६ वर्षीया रहेका छन् ।

यस्तै पुरुषहरुमा ललितपुरका ६७ वर्षीय, काठमाडौंका ८३ र ६८ वर्षीय गरी दुई जना, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय गरी ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: