गण्डकी प्रदेशमा फेरि ३८ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, १८ असोज । गण्डकी प्रदेशमा फेरि ३८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार बिहान दोस्रोपटक जारी विज्ञप्तिअनुसार प्रदेशका ४ जिल्लामा गरी ३८ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार ९७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (ब.सु.पू.) २६, बागलुङका २, स्याङ्जाका १ र तनहुँका ९ जना रहेका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । नवलपरासी (ब.सु.पू.) का संक्रमितमध्ये मध्यबिन्दु अस्पतालमा कार्यरत ५ जना कर्मचारी (२ जना ल्याबमा कार्यरत, १ जना अनमी र २ जना सहयोगी) मा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसअघि पनि नवलपरासी (ब.सु.पू.)का २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघिको विज्ञप्तिअनुसार प्रदेशमा ४३ जनामा कोरोना पुष्टि भएको थियो भने दोस्रोपटक जारी विज्ञप्तिअनुसार ३८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको ग्राफ बढ्दो छ ।

प्रदेशमा सङ्क्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ ।



Tags: