
पोखरा, १८ असोज । गण्डकी प्रदेशमा फेरि १६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार बिहान चौथोपटक जारी विज्ञप्तिअनुसार प्रदेशका नवलपुर र तनहुँ जिल्लामा गरी १६ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार एक सय १९ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा नवलपरासी (ब.सु.पू.) १२ र तनहुँका ४ जना रहेका छन् । चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि निर्देशनालयको पटक पटकको विज्ञप्तिअनुसार प्रदेशमा ८७ जनामा कोरोना पुष्टि भइसकेको छ । प्रदेशमा कोरोना संक्रमितको ग्राफ बढ्दो छ ।
प्रदेशमा सङ्क्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ ।
