
पोखरा, १८ असोज । गण्डकी प्रदेशमा फेरि ५६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार पाँचौपटक जारी विज्ञप्तिअनुसार प्रदेशका ४ जिल्लामा गरी ५६ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार १ सय ७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा नवलपरासी (ब.सु.पू.)का ३६, बागलुङका १५, तनहुँका ४ र गोरखाका १ जना रहेका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो ।
नवलपरासी (ब.सु.पू.) मा आज आइतबार मात्रै १०० जना संक्रमित थपिएका छन् । प्रदेशमा आज मात्र १६० जना कोरोना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।



