
पोखरा, १९ असोज । पोखराका पशुचपन्छी तथा मत्स्य विकास निर्देशनालयमा कार्यरत चिकित्सक सहित पोखरामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सोमवार बिहान जारी अध्यावधिक विवरणअनुसार प्रदेशका कास्की र नवलपरासी (ब.सु.पू.)का गरी २७ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय २ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २६ र नवलपरासी (ब.सु.पू.) १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका–१४ का ५१ वर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत हुन भने १४ कै २२ वर्षीय पुरुष दुबईबाट र वार्ड नं १३ का ३६ वर्षीया महिला, वार्ड नं १९ का ५५ वर्षीय पुरुष, वार्ड नं १० का ६४ वबर्षीय पुरुष भारतबाट आएका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । बाँकी अन्य संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएकाहरु हुन ।
संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
